सुनचाँदीको भाउ ओरालो लाग्यो, आज कतिमा हुँदैछ कारोबार ?

189 Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार दुई लाख ६२ हजार १०० रुपैयाँ थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ घटेको छ । अघिल्लो दिन चार हजार ५९० रहेको चाँदी यस दिन १२० रुपैयाँले घटेर चार हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।