काठमाडौं । कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार दोस्रो दिन भने दोहोरो अंकको गिरावटसँगै बन्द भएको छ।
नेप्से परिसूचक १०.५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ बिन्दुमा कायम भएको छ। नेप्सेका अनुसार ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ पुगेको छ।
कारोबारमा विकास बैंक र म्युचुअल फण्ड समूहबाहेक सबै समूहका उपसूचक घटेका छन्।
यसदिन एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको २३ करोड २ लाख ४१ हजार ९ सय ३६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३ लाख २ हजार ९ सय कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया