144
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।
राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीच मन्त्री शर्मालाई शपथ ग्रहण गराउनुभएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुरक्षाकर्मी, संवैधानिक अंगका प्रमुख तथा उच्चपदस्थ कर्मचारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया