196
Shares
काठमाडौँ । मन्त्री घिसिङले फागुन २१ गते हुने निर्वाचनलाई नयाँ राजनीतिक शक्ति उदयको प्रस्थान बिन्दुका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै उनले पुराना अभ्यास, व्यक्तिवाद र असफल नेतृत्वबाट देशलाई मुक्त गर्न अब नयाँ सोच, नयाँ दृष्टिकोण र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरे। आगामी निर्वाचनले राजनीतिक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै उनले सचेत मतदाताको भूमिकालाई निर्णायक भएको बताए।
मन्त्री घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न सक्ने शक्तिको उदय नै मुलुकको स्थायित्व र विकासको आधार बन्ने धारणा राखे।
फेसबुकबाट तपाईको प्रतिक्रिया