सरकार र राजनीतिक दलसहितका प्रतिनिधिबीच सिंहदरबारमा छलफल जारी

197 Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिसँग प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गरिरहनुभएकाे छ।

सिंहदरबारमा हाल अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिने भएकाे हाे। छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी भएका छन् । प्रमुख दुई राजनीतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ।

केही जेनजी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो।