एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी नभएकाे अध्यक्ष ओलीकाे टिप्पणी

215 Shares

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा ११औँ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले नेकपा (एमाले) लोकतान्त्रिक र साँचो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै पार्टीका सबै सदस्यले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले पार्टीको सामूहिक प्रयासबाट तय गरिएका नीति तथा निर्णयविपरीत नचल्न नेता तथा कार्यकर्तालाई सचेत गराए। साथै, बैठकका क्रममा मोबाइल चलाउने काम नगर्नसमेत निर्देशन दिए।

राष्ट्रिय स्वार्थविपरीतका गतिविधि पार्टीका कुनै पनि सदस्यबाट भए सह्य नहुने चेतावनी दिँदै उनले अनुशासन र मर्यादामा रहन सबैलाई आग्रह गरे।