सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड

332 Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले निर्वाचनसम्बन्धि छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन । बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए । उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने बताए ।निर्वाचन हुने अवस्था मुलुकमा नरहेको पनि सांसदहरुले जिकिर गरेका गरे । सांसद सुमित्रा बिसीले मन्त्रीहरुकै राजीनामा माग्न थालिएको भन्दै फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको बताए । यसैगरी,सांसद गोमादेवी तिमिल्सिनाले संघीय संसदको सेवा सुविधा कटाउने र घटाउने काम गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले जेन—जी आन्दोलनले ध्वस्त बनाएका दस्तावेजहरुको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।