काठमाडौं । कीर्तिपुर निर्माण व्यवसायी संघले त्रिभूवन विश्व विद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघले सोमवार विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्याल, रेक्टर खड्ग केसी लगायतका पदाधिकारीहरुलाई भेटी कारबाही गर्न माग गरेको हो । संघले निर्माण व्यवसायीले सम्पुर्ण प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत चमेना गृहको निर्माण थालेपनि अनुचित लाभ उठाउने नियतले केही विद्यार्थी नेताहरुले बार्गेनिङ गरेको आरोप लगाएको छ । निर्माण व्यवसायीलाई धम्काउने,तर्साउने तथा निर्माण कार्य रोक्ने गतिविधि भएको काठमाडौं उपत्यकाका निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनले जानकारी दिएका छन् । त्रिभूवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले विद्यार्थीमाथी भएको कुटपिट र निर्माण व्यवसायीसँग बार्गेनिङ गरिएको भन्ने दुवै घटनाको अनुसन्धान गर्ने बताए । उनले ठेक्का प्रक्रिया नियमअनुसार नै भएको उल्लेख गरेका छन् । निर्माण व्यवसायीसँग विद्यार्थीले गरेको सौदाबाजीको घटनाले आफूलाई लज्जित बनाएको उनको भनाई छ । उनले समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई सधै सुमधुर राख्नुपर्नेमा पनि जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया