काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन समयमै गराउने बारेमा जेन–जी प्रतिनिधिहरुले आवाज उठाएको बताएका छन् ।
बुधवार साँझ बालवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सरकार, राजनीतिक दल र जेन जीबीचको त्रिपक्षिय वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जेन जी प्रतिनिधिहरुले सुशासन, भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुुनपर्ने धारणा राख्नुभएको जानकारी दिएका छन् । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बारेमा पनि जेन जीहरुले मागहरु राखेका छन् । छलफल आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढी केन्द्रित रहेको बताएका छन् । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । उनले आन्दालनका क्रममा उठेका मागहरुको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग जेन जी प्रतिनिधिहरुले राखेको बताएका छन् । निर्वाचनको समर्थन गर्दै सुशासनको सुनिश्चितताको माग गरिएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया