मधेश प्रदेश सांसद सरोज सिहंसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

244 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद कुशवाहासहित १६ जनाविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

उनीहरूलाई विभिन्न उपभोक्ता समितिहरू गठन गरी भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।