मधेशका मुख्यमन्त्री सिंहद्वारा सदनबाटै राजीनामा घोषणा

236 Shares

काठमाडौं । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन् ।

पदबाट राजीनामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे ।

उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे।

बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाए।