काठमाण्डौ । सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन् ।
कल्याणपुर नगरपालिका-८ का रामकिशोर यादव पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो । वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । बाँकीको खोजीकार्य भइरहेको छ ।
दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो । त्यही बेलामा अनधिकृत जग्गा ९ऐलानी० मा बसेका ४र५ वटा घर भत्काइदिएको एसपी शर्माले बताए ।
'तीन वटा घर पूर्ण रूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,' उनले भने, 'लुटपाट भएको भन्नेकुरा पनि आएको छ। हामी अनुसन्धान गरिरहेका छौं ।'
यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया