भुटानी शरणार्थीका आरोपीहरू बेचन, प्रतिक र टेकनारायण कारागार फर्किए

300 Shares

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा, प्रतिक थापा र पूर्वसचिव टेकनारायण पाण्डे पनि कारागार फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा कारागारबाट निस्किएका उनीहरू बुधबार साँझ आफैँ कारागार फर्किएका हुन् ।

भदौ २४ मा कारागार तोडफोड तथा आगजनी भएपछि उनीहरू बाहिर निस्किएका थिए । उनीहरू तीनैजना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाका आरोपी हुन् । 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनीहरूलाई सुन्धारा कारागार पठाइएको थियो । मंगलबार मात्रै प्रहरीले शरणार्थी प्रकरणमै जोगिएका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो । 

शरणार्थी प्रकरणमै जोडिएर थुनामा पुगेका एमालेका पूर्वसासंद टोपबहादुर रायमाझी पनि कारागार फर्किसकेका छन् । कारागारबाट भागेका कैदीहरू आफैँ पनि फर्किन थालेका हुन् ।