नवरात्रीको चौथो दिन आज शक्तिपीठमा भक्तजनहरुको घुइँचो

248 Shares

काठमाण्डौ । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । 

जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड रहेको छ । 

पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरु गएर पूजा गरिरहेका छन् ।

विधिवत रुपमा दशैँ शुरु भएको आज चौथो दिन भइसकेको छ । 

यस वर्ष असोजको १६ गते दशैँको टीका रहेको छ ।