अविरल वर्षाका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

269 Shares

काठमाण्डौ । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। 

नेपाल प्रहरीले आज दिउँसो १२स्२० बजेसम्मको अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू:

-कोशी राजमार्गस: संखुवासभाको भोटखोला गाउँपालिका–५ (वरुण) र मकालु गाउँपालिका–३ (एकुवा) मा अवरुद्ध।
-नेपाल–चीन जोड्ने पुल: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा बाढीले पुल बगाउँदा नाका अवरुद्ध।
-अरनिको राजमार्ग: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ (कोदारी) मा पहिरोका कारण अवरुद्ध।
-पृथ्वी राजमार्ग: धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० (बादरेमोड) मा पहिरोले अवरुद्ध।
-नारायणगढ–मुग्लिन सडक: चितवनको इच्छाकामना गाउँपालिका–५ (तुइनखोला) मा पहिरोले पूर्ण रूपमा अवरुद्ध।

551529439_1110100961252426_334557955169520913_n_MvnWoQj2yY.jpg