नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

232 Shares

काठमाण्डौ । नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

काभ्रेको पनौती नगरपालिका–१२ मा रहेको गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यापछि उनी फरार भएका छन् ।

जबरजस्ती करणी मुद्दामा जेल चलान भएका सन्तबहादुर गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । 

प्रहरीले मनिषाको शव घर नजिकैको खाल्डोमा गाडिएको अवस्थामा फेला पारेको थियो ।