भदौ ५,काठमाडौं । केन्द्रीय कारागार सुन्धरामाबाट भगौडा कैदीहरु फर्किने क्रम जारी छ । केन्द्रीय कारागार सुन्धाराबाट ३ हजार ५ सय १३ जना भागेकामा १ हजार ९ सय ९ सम्पर्कमा आएका हुन् ।
बाँकी भगौडा कैदीहरु पनि आउने क्रम जारी रहेको केन्द्रीय कारागार सुन्धाराले जनाएको छ ।
भदौ २३ र २४ गतेका जीन—जी आन्दोलनमा आगजनी र तोडफोड भएकापछि देशभरीका कारागारबाट कैदीहरु भागेका थिए । त्यसक्रममा केन्द्रीय कारागार सुन्धाराबाट स्रोतका अनुसार डिल्ली बजार बाट भाग्न प्रयास गरेका ४६१ कैदीहरुलाई सुन्धारा कारागार मै राखिएको छन् । यसैगरी नख्खु जेलबाट भाग्न खोजेका ३ जनालाई पनि त्यँही राखिएको छ ।
अहिले कतिपय कैदीहरु सम्पर्क आउने गरेको स्रोतले बताएको छ । जसमा केही हाई प्रोफाईहरु कैदीहरु समेत सम्पर्कमा आएको केन्द्रीय कारागार सुन्धाराले जनाएको छ ।
स्रोतका अनुसार हाई प्रोफाईलमा पूर्व गृहमन्त्री टोप बहादुर रायमाझी ,पूर्व गृहसचिव टेक नारायण पाण्डे,इन्द्रजित राई सम्पर्कमा आएको बताएको छ । पूर्वडीआइजी रञ्जन कोइराला पनि आएको छ । उनी श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका थिए ।
केही विदेशी कैदीहरु भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा भागेकोमा उनीहरु पनि सम्पर्क आएका छन् । केही सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआउनेलाई सम्पर्क आउन केन्द्रबाट परिपत्र समेत जारी गरिसकेको छ । बाँकी सम्पर्क नआएका कैदीलाई के गर्ने भन्ने विषयमा गृहमन्त्रालयको आधिकारिक निर्णय आएपछि मात्र बाँकी प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कारागारका सुचना अधिकारीले बताएका छन् ।
कारागारबाट भागेका कैदीहरुलाई कानुन अनुसार थप कारवाही हुने पनि बताएको छ । भगौडा हरुलाई कानुन अनुसार १० बर्ष थप जेल संजायका साथै १ लाख जरिवाना हुने कानुनी व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया