काठमाडौं । भाद्र २३ र २४ गते भइको जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको संरचना पुनर्निर्माणका लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पुनर्निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा मंगलबार गाउँपालिकामा सम्पन्न भएको आकास्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको दुई दिनको तलब-भत्ता बराबर ५ लाख ५१ हजार रूपैयाँ पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुभएको वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यस्तै यस प्रक्रियामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवक नेतृत्वको भावनालाई आत्मसाथ गरी नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठ्यारो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आइरहेकोमा अझ थप परिष्कृत ढंगबाट सेवा प्रवाह गर्ने दृढ प्रतिबद्धता समेत गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया