प्रधानमन्त्रीसँग जेनजी आन्दोलनमा गोली खाएका युवाको मागः प्रदेश खारेजी गर्नुपर्छ

256 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनमा गोली खाएका युवाहरुले प्रदेश खारेजी माग राखेका छन् । 

आज जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवासँगको अवस्थाबारे बुझ्न विभिन्न अस्पताल पुग्नुभएकी प्रधानमन्त्री कार्कीसँग यस्तो माग  राखेका हुन् । 

भेटघाटमा  देशको नयाँ कार्यकारीलाई आफू अगाडि पाउँदा घाइते युवाहरूको अनुहार उज्यालिएको थियो ।

प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा पुगेर घाइतेहरूलाई हौसला र सान्त्वना दिनुभएको थियो ।  

ट्रमा सेन्टरमा एक घाइते युवकले बेडबाटै प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए । तर, कार्कीले आफूलाई बधाई नदिन आग्रह गर्नुभएको थियो । 

युवाहरुले ३ करोड नेपालीको आमाको रूपमा लिएको बताएका छन् । 

कार्कीले ध्यान दिएर सुने पनि कुनै जवाफ नदिइ मुन्टो मात्रै हल्लाए घाइतेको अनुहार निहालिरहनुभएको थियो ।