तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको अपील

318 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गर्नुभएको छ । 

साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गर्नुभएको छ । 

शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्नुभएको हो ।

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उहाँले उल्लेख गर्नुभएको हो । 

शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

लगत्तै शुक्रबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको सपथ लिनुभएको हो । 

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले गरेको प्रतिनिधि सभा बिघटनको सिफारिश राष्ट्रपति पौडेलले सदर गर्नुभएको थियो । फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्नुभएको थियो

प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले विरोध जनाइरहेका छन् । साथै उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ताका लागि राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो । 

तर, शनिबार राष्ट्रपति पौडेलले परिस्थितिअनुरुप शान्तिपूर्ण निकास निस्किएको अवस्थामा प्रतिनिधि सभा विघटनको निर्णय स्वीकारेर निर्वाचन गराउन सबैलाई सहयोग गर्न अपील गर्नुभएको ्छ ।