काठमाडौं । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा चहलपहल बढेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।
राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।
सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।
शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
सानो मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य राखिएको छ ।
प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो ।
शीतलनिवास बाहिर भने सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया