अन्ततः बन्ने भइन् सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

396 Shares

काठमाडौं । आज बेलुकी शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेका छन् ।

सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका  आधारमा यस्तो निर्णय हुन लागेको हो । 

जसअनुसार,बाहिरका  तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहने छन् ।   

सँसद विघटन हुने छैन र घाइते अवस्थामा सँविधान पनि यथावतै रहनेछ,भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिध्दान्त भन्दै सुशीला कार्कीको शपथ हुने पनि श्रोतले बताएका छन् । 


शीतल निवासको अघिल्लो भाग आगलागीले क्षतिग्रस्त भए पनि पछिल्तिर बिद्या भण्डारीकै पालामा बनेको निवासमा रास्ट्रपति पौडेल रहँदै आएका छन् । 

आज त्यहीँ भएको घनिभूत छलफलको परिणामस्वरुप दलहरुसमेतको सहमतिमा सुशीला कार्कीले खिलराज रेग्मीले जसरी नै सरकारको नेतृत्व गर्न लागेका हुन् ।