देशभित्रैबाट समाधान निकाल्न पूर्वराजाको अपिल

262 Shares

काठमाडौं । जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्रैबाट समाधान निकाल्न आग्रह गरेका छन् । 

संवाद सचिवालयबाट एक वक्तव्य जारी गर्दै आन्दोलन अराजक र घुसपैठ हुन नदिन पनि आग्रह गरेका छन्।

जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर किशोरी र युवा युवतीहरू यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय रहेको विज्ञप्तिमा भनिएको छ ।

युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घायल पार्नु अत्यन्त दुःखद एवं निन्दनीय कार्य भएको भन्दे यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत रहेको उनले लेखेका छन् ।