366
Shares
काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् ।
डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका छन् ।
एउटा राइफल प्रदर्शनकारीहरूले लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले पत्रकारलाई जानकारी गराएका छन् ।
वृत्तमा राखिएका थुनुवाहरू हिरासतबाट निस्किएका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग कोटेश्वर र कोटेश्वरको ट्राफिक प्रहरी कार्यालयमा पनि आगजनी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया