आज पाँच वटा संसदीय समितिका बैठक बस्दै

277 Shares

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ।

यस्तै उद्योग, वाणिज्य तथा श्रम समितिकाे बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धी विषय विज्ञको प्रस्तुतिपछि छलफल हुनेछ। त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको तयारीबारे समीक्षा गर्नेछ।

सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमतासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ।