311
Shares
काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएकाे हाे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/०८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया