प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः अध्यक्ष दाहाल

300 Shares

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताउनुभएको छ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले हावादारी गफ मात्रै दिनुभएको बताउनु भयो । 

प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिनुभएको आरोप लगाउँदै उहाँले आफू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियाली रहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको बताउनु भयो । 

टियुलाई मात्रै इस्यु बनाएर प्रधानमन्त्री आफूमाथि उत्रिएको बताउनु भयो ।