दुई वटा संसदीय समितिको बैठक आज बस्दै

304 Shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। 

जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार  छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना / तयारी सम्बान्धमा छलफल हुनेछ ।