काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्य, सातै प्रदेशका अध्यक्ष, जिल्ला तथा नगर अध्यक्ष र एसोसिएट सदस्यहरूको सहभागितामा सहयोग र समन्वयमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
महासंघका महासचिव किरण भाई बज्राचार्यका अनुसार विपद्को कठिन परिस्थितिमा राष्ट्र र नेपाली जनताप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो। महासंघले उक्त सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नभई विपद्का बेला मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, एकता र सेवाभावको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ
महासंघले यस अभियानमा सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको जनाउँदै ‘एकता नै शक्ति हो, सेवा नै धर्म हो’ भन्ने भावनासहित आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया