काठमाडौँ । मदन-आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ।
सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । एमाले उपमहासचिवसमेत रहनुभएका ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमबार बस्ने बैठकमा छलफल हुने बताउनु भयो । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरु उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्ने बताउनु भयो । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने बताउँदै उहाँले एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरुले विचार गरिरहेको बताउनु भयो ।
उहाँले मदन—आश्रितका विचारहरु अघि बढाउने गरी नै प्रतिष्ठानले भुमिका खेल्ने दाबी गर्नुभयो । प्रतिष्ठानको सदस्यका रुमपा सुरेश चापागाईंले समेत पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले शपथ खुवाउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया