काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय भएको बताउनु भयो । यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनु भयो ।
लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने पनि बताउनु भयो ।
सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया