धुलो र हिलोरहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामाः अर्थमन्त्री पौडेल

245 Shares

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलोरहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलोरहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिकरुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गर्नुभयो । उहाँले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताउनु भयो । 

सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराउनु भयो । आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताउनु भयो । उहाँले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताउनु भयो ।