रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

277 Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडाभन्दा तल्लोस्तरमा रहेर अभ्यास गर्ने भएको छ।

पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताउनु भयो । बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ। 

केन्द्रिय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रिय कार्यालयमा १ बजे बस्ने निर्णयसमेत गरेको बताउनु भयो । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रुपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको बताउनु भयो ।