काठमाडौँ। सांसदहरुले जलस्राेत विधेयक, २०८१ मा जलवायु परिवर्तनको विषय जोडिनुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जलस्राेत विधेयकमा जलवायु परिवर्तनको विषय कतै न कतै उल्लेख गर्न माग गर्नुभएको हो । उहाँले यसले अन्तर्राष्ट्रियस्तरमा पनि महत्व राख्ने उल्लेख गर्नुभयो । विधेयकमा जलवायु परिवर्तन तथा वातावरण विज्ञान राखेर जान उचित हुने सुझाव दिनुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले विधेयकमा विकास भनेर मात्रै राखिएको तर ऊर्जा विकास हो वा के विकास भन्ने बारेमा स्पष्ट नरहेको बताउनु भयो । उहाँले यसको स्पष्ट परिभाषा दिन माग गर्नुभयो । समितिका अधिकांश सांसदहरुले विधेयकलाई प्रभावकारी बनाउने गरी निर्माण गर्नेपर्नेमा जोड दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया