जिम्मेवारीमा रहेका व्यक्तिहरुको कमजोरीले कुलिङ पिरियडमा छेडखानीः एमाले

263 Shares

काठमाडौँ। नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताउनुभएको छ। 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताउनु भयो । आगामी दिनमा त्यस किसिमका काम नहोस् भनेर प्रतिवेदनले सुझाव दिएको बताउनु भयो । 

परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरुले राजनीतिक र नैतिकरुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पारेको बताउनु भयो । पद अनुकुलका व्यवहारहरु कर्मचारीबाट हुनुपर्ने पनि बताउनु भयो । संसदीय समितिले कानून निर्माणमा होशियारी पूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।