314
Shares
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताउनुभएको छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पार्नुभयो । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको बताउनु भयो । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने उहाँकाे भनाइ थियाे ।
कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानविन समितिले आज प्रतिवेदन प्रतिनिधि सभामा प्रश्तुत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया