262
Shares
काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न दुई वटा संसदीय समितिका बैठक बस्दैछन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया