काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताका लागि छलफल भइरहेको बताएको छ।
सोमबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी झैँ पार्टी एकता नै गर्ने निर्णय भने भइसकेको छैन । तर पार्टी एकताका लागि छलफल अघि बढिरहेको छ ।
समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको पनि प्रवक्ता सापकोटाले बताउनु भयो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल समाजवादी मोर्चामा आउने सम्भावना रहेको बताउँदै उहाँले पार्टी एकताबद्ध भएर अघि बढ्ने कुरामा बैठक सकारात्मक रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया