काठमाडौं । २०८२ साल श्रावण १४ गते बुधबार तदनुसार ३० जुलाई २०२५ षष्ठी तिथी । ५२ घडी ६ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ। हस्ता नक्षत्र ४३ घडी ७ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ। सिद्वयोग कौलव करण आज बिहान सूर्योदय ५:२६ मा भयो भने सूर्यास्त साँझ ६:५२ मा हुनेछ। आज बुधबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
अधुरा काम पूरा भएर जानेछन् । बोलीको प्रभाव बढेर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। वैदिक कार्यमा सफलता प्राप्त हुनुका साथै सहभागी हुने अवसर जुट्नेछ।
वृष राशि
मानसम्मानमा आघात पुग्नेछ । अनावश्यकरूपमा विवादको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मिथुन राशि
बाेलीको प्रभाव बढेर जानेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । सवारी साधन खरिद गर्ने योग रहेको छ। लेखन शैलीमा तिब्रता आउनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ।
कर्कट राशि
बाेलीमा माधुर्यता छाउनेछ । पराक्रममा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना रहेको छ । कार्यमा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा बाधा आउने देखिन्छ । अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ । लेखनशैलीमा ह्रास आउनाले चिन्ता बढेर जाने देखिन्छ।
कन्या राशि
दुःखजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि फसेको धन उठ्नुका साथै वैदिक कार्यमा मन जानेछ। अर्काको उपकारमा समय व्यतित हुनका साथै भइनेछ।
तुला राशि
वैदिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ । वैदेशिक कार्यमा घाटा बेहोर्नुपर्ने देखिन्छ ।लेखनशैलीमा कमी आउनका साथै स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
वृश्चिक राशि
आध्यात्मिक कार्यमा सहभागी भइने छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। सामाजिक कार्यमा समय व्यतित हुनुका साथै मनमा उत्साह उमङ्ग बढेर जानेछ।
धनु राशि
धर्मकर्मतर्फ मन जानेछ। बोलीमा सुधार आउनेछ । नयाँ कार्यको थालनी हुनेछ। आकस्मिक धनलाभ हुनेछ । शत्रुपक्षबाट तपाईंको जीत हुनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ।
मकर राशि
पशु व्यवसायबाट नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरू सुचारु भएर जानेछ । आवश्यक खर्चको मात्रामा कटौती भएर जानेछ ।साथीभाइबाट सरसहयोग प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
सवारी साधनबाट जोगिनुपर्नेछ। आयमा कमी आउनुका साथै विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । झुट्टा आरोपको सामना गर्नुपर्नेछ भने पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ।
मीन राशि
अधुरा काम पूरा हुनुका साथै अध्यापनमा सफलता भइनेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्। जागिरमा पदोन्नति भएर जानेछ। आवश्यक लाभ मिल्नाले मनमा खुशी छाउनेछ भने प्रेम गर्ने अवसर जुट्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया