काठमाडौं । आज २०८२ साल श्रावण १२ गते सोमबार तदनुसार २८ जुलाई २०२५ चतुर्थी तिथी ४६ घडी ७ पला उप्रान्त पञ्चमी तिथी प्रारम्भ हुनेछ । पूर्व फाल्गुनी नक्षत्र ३४ घडी १४ फला उप्रान्त उत्तर फाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ। बज्रयोग बब करण आज बिहान सूर्योदय ५:२५ मा भयो भने सूर्यास्त साँझ ६:५४ मिनेटमा हुनेछ । आज सोमबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
पारिवारिक कलह बढेर जानेछ । बोलीमा कठोरता आउनुका साथै विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहने देखिन्छ।
वृष राशि
लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन् । अध्ययनमा प्राप्त सफलताले मनमा उत्साह बढेर जानेछ । पारिवारिक सरसहयोग मिल्नाले सबैको प्यारो बनिनेछ।
मिथुन राशी
पराक्रम बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ । राजनीतिक व्यक्तिहरूले तपाईँको पिछा गर्नेछन् । कृषि क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ प्रेम गर्ने अवसर मिल्नेछ।
कर्कट राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ । लेखनशैलीमा कमी आउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । आयमा कमी आउनुका साथै पारिवारिक कलह बढेर जाने देखिन्छ।
सिंह राशि
पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ। व्यवसायमा वृद्धि भएर जानेछ। सौन्दर्यतामा मन जानेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। कृषि क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ।
कन्या राशि
व्यापार व्यवसायमा रास आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पारिवारिक कलह बढेर जानुका साथै पैत्रिक सम्पत्तिमा वादविवाद आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
तुला राशी
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ । मातृ सुखमा वृद्धि भएर जाने देखिन्छ ।दाजुभाइको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । दौडधुपमा समय व्यतित हुने देखिन्छ । वैदेशिक कार्यमा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । मुद्दा मामिलामा फसिने योग छ।
धनु राशि
कार्यमा बाधा आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । परिवारमा वैमनस्यता आउने देखिन्छ । पठनपाठनमा असफलता प्राप्त हुनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ । सामाजिक कार्यमा समय व्यतीत हुनाले सबैको प्यारो बनिनेछ । धार्मिक क्षेत्रको भ्रमण गरिने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।
कुम्भ राशि
दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ । आफन्तबाट सहयोग पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ।
मीन राशि
खर्चको मात्रा बढेर जानेछ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जानेछ सजग रहनुहोला।
फेसबुकबाट तपाईको प्रतिक्रिया