काठमाडाैं । २०८२ साल श्रावण ११ गते आइतबार तदनुसार २७ जुलाई २०२५ । तृतीया तिथी ४४ घडी ५३ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ। मघा नक्षत्र ३१ घडी ३३ पला उप्रान्त पूर्व फाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग तैतिल करण आज बिहान सूर्योदय ५:२५ मा भयो भने सूर्यास्त साँझ ६:५४ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। मातृ स्वास्थ्यमा उतारचढाव गरिरहेको काममा बाधा हुनेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन्। पठनपाठनमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ । पारिवारिक सरसहयोगले नयाँ कामको शुभारम्भ हुनेछ । मनमा उत्साह बढेर जाने देखिन्छ।
मिथुन राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । शैक्षिक क्षेत्रमा सफलता पाइनुले सबैको प्यारो बनिनेछ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित हुने योग छ।
कर्कट राशि
पराक्रममा बृद्धि भएर जानेछ । नयाँ कार्यको थालनी हुनेछ। शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ । बोलीमा आएको माधुर्यताले नजिक भएर जाने देखिन्छ।
सिंह राशि
आयमा कमी आउनेछ । लेखन शैलीमा बाधा आउनुका साथै साझेदारी काममा ह्रास आउने देखिन्छ । चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ।
कन्या राशि
पैत्रिक सम्पत्तिमा बृद्धि भएर जानेछ । पतिपत्नीबीच माधुर्यता छाउने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । विपरीत लिङ्गीबाट आकर्षण बढेर जानेछन् । प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
बौद्धिक कार्यमा समय व्यतित हुने देखिन्छ । धार्मिक कार्यमा सहभागी भइनेछ। व्यवसायिक क्षेत्रमा बृद्धि भएर जाने देखिन्छ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ।
वृश्चिक राशि
पारिवारिक कलह बढेर जाने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्नेछ।
धनु राशि
साथीभाइको सरसहयोगले पुराना कामहरू सुचारु हुनेछन् । व्यवसायमा बृद्धि भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।
मकर राशि
व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। राजनीति क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सहयोगले गरिरहेको काममा सफलता प्राप्त हुने देखिन्छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएको छ । भौतिक साधनबाट जोगिनुपर्ने योग छ । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनु होला । शत्रुपक्षबाट जोगिनुपर्नेछ।
मीन राशि
साझेदारी काममा सफलता प्राप्त गर्न सकिनेछ । मान्यजनको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ । पर्यटकीय क्षेत्रबाट राम्रै आम्दानी बढेर जाने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया