नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा

278 Shares

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकता अनुसार गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बताउनु भयो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुपमा काम गरिरहेको बताउनु भयो । 

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लोस्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो ।