पार्टी सदस्यता नवीकरण भइसकेको विद्यादेवी भण्डारीकाे दाबी

251 Shares

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले पार्टी सदस्यताको विषयलाई लिएर विवादमा पार्न आवश्यक नरहेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन, मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताउनु भयो । 

उहाँले पार्टीमा आवद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेपछि विधिपूर्वक पार्टीको सदस्यता नवीकरण गरेको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा आफ्नाे जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा गरेको बताउनु भयो ।