नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल

275 Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताउनुभएको छ।

काठमाडौंमा आयोजित राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताउनु भयो । 

त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताउनु भयो । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताउनु भयो । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उहाँको भनाइ छ ।’

अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिती नरहेको बताउनु भयो । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।