काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानबिन नहुने पनि टिप्पणी गर्नुभयो ।
उहाँले भ्रष्टाचारमा संलग्नहरुमाथि सरकारले असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया