२०८२ साल श्रावण ७ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

294 Shares

काठमाडौं । २०८२ साल श्रावण ७ गते बुधबार तदनुसार २३ जुलाई २०२५ ।  चतुर्दशी तिथी ५२ घडी १४ पला उप्रान्त औंशी तिथी प्रारम्भ  हुनेछ । आरद्रा नक्षत्र ३२ घडी ४२ पला उप्रान्त पुनर्बशु प्रारम्भ हुनेछ । ब्याघात  योग भर करण आज बिहान सूर्योदय ५ः२३ मा भयो भने सूर्यास्त ६:५६ मिनेटमा हुनेछ। आज बुधबार चन्द्रमा बृष राशिमा ।

मेष
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक साथ सहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। प्रेमी प्रेमिकाबीच माधुर्यता छाउनेछ। पठनपाठनमा सफलता पाइने योग छ।

बृष
गरिरहेको काममा बाधा आउने देखिन्छ । चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढ्नुका साथसाथै सञ्चित धनको समेत नाश हुने देखिन्छ ।

मिथुन
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह बढेर जानुका साथसाथै प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ।

कर्कट
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिने योग छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गर्न सकिनेछ। लामो दूरीको धार्मिक यात्राको अवसर जुट्नेछ । मानसम्मान पाइने योग छ।

सिँह
दाजुभाइमा माधुर्यता छाउनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यमा भएको लगनशीलताले सबैको विश्वास जित्न सकिनेछ। आफन्तबाट प्राप्त सरसहयोगले काममा थप हौसला मिल्ने देखिन्छ।

कन्या
घरेलु समस्याले सताउनेछ । शारीरिक आलोचना बढेर जानेछ। मानसम्मानमा आघात पुग्नुका साथसाथै लेखनशैलीमा समेत कमी हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।सजगताका साथ अगाडि बढ्नुहोला।

तुला
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ आयमा कमी विद्यामा बाधा हुनाले मानसिक तनाव बढ्नुका साथसाथै दाम्पत्य जीवनमा समेत कलह बढेर जानेछ ।

बृश्चिक
मातृ संस्थामा उतारचढाव आउने देखिन्छ। सानो सानो कुरामा पनि अनावश्यकरुपमा वादविवादको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नुका साथसाथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ ।

धन
पराक्रम बढेर जानेछ । आकस्मिकरुपमा धन लाभ मिल्नेछ । दाम्पत्य जीवनमा माधुर्यता छाउनुका साथसाथै बाेलीमा आएको मिठासले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

मकर
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। साथीभाइको सरसहयोगले मनमा उत्साह बढ्नुका साथसाथै पारिवारिक सरसहयोगले समेत काममा थप हौसला मिल्नाले मनमा खुसी छाउनेछ। भोजभतेरमा सामेल हुने अवसर जुट्नुका साथसाथै धनमाल जोडिने योग छ ।

कुम्भ
अनावश्यक वादविवादको सामना गर्नुपर्नेछ। जग्गा जमिनसम्बन्धी साझेदारी काममा विवाद आउनुका साथसाथै अनावश्यक कुरामा अलमलिनु पर्दा गरिरहेको काममा समेत बाधा आउने देखिन्छ।

मीन
बोलीको प्रभाव बढेर जानेछ । आफन्तबाट शुभ समाचार सुन्न सकिने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।