२०८२ साल श्रावण ६ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

272 Shares

काठमाडौं । २०८२ साल श्रावण ६ गते मंगलबार तदनुसार २२ जुलाई २०२५ द्वादशी तिथी १ घडी ४६ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ  हुनेछ । मृगशिरा नक्षत्र ३५ घडी २६ पला उप्रान्त आरद्रा प्रारम्भ हुनेछ । ध्रुव  योग गर करण आज बिहान सूर्योदय ५ः२२ मा भयो भने सूर्यास्त ६:५७ मिनेटमा हुनेछ। आज मंगलबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । बोलीको प्रभाव बढेर जानेछ । अधुरा कामहरू पूरा भएर जानाले मनमा खुसी छाउनेछ। 

वृष राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। पारिवारिक सरसहयोगले पुराना कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनाले मनमा खुसी छाउने छ। 

मिथुन राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । सेयर कारोबारमा वृद्धि भएर जाने देखिन्छ। अनावश्यक विवादको अन्त्य भएर जानाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

कर्कट राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । काममा ढिलासुस्ती भएर जानेछ। दाजुभाइमा कलह बढेर जानेछ । लेखन शैलीमा कमी आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनेछ। 

सिंह राशि
मानसम्मानमा आघात पुग्नेछ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

कन्या राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। न्यायिक कार्यमा बाधा आउनुका साथै धनमासमेत हराउन सक्ने देखिन्छ ।

तुला राशि
बोलिको प्रभाव बढेर जानेछ । पुराना साथीभाइसँगको भेटघाटले रमाइलोमा समय व्यतीत हुने देखिन्छ। पठनपाठनमा सफलता पाइने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।

वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

धनु राशि
जग्गा जमिनसम्बन्धी काममा बाधा हुनेछ । लेखनसम्बन्धी काममा ह्रास आउनेछ साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ झुठा आरोपको सामना गर्नु पनि छ मुद्दा मामिलामा फसिने योग रहेको छ।

मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । परिवारमा बैमनस्यता आउने देखिन्छ । जागिरमा अप्रवासीको सामना गर्नुपर्नेछ। भोलिमा आएको कठोरताले हातमा गरेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

कुम्भ राशि
वैदेशिक काममा सफलता प्राप्त गर्न सकिनेछ । मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। कृषि तथा चौपायबाट राम्रा आम्दानी गर्न सकिनेछ। साथ। साथीभाइको सरसहयोग पाइने देखिन्छ।

मीन राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। आकस्मिकरुपमा धन लाभ मिल्नुका साथै व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ।