२०८२ साल श्रावण ४ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

325 Shares

काठमाडाैं । २०८२ साल श्रावण ४ गते आइतबार तदनुसार २० जुलाइ २०२५ । दशमी तिथी १३ घडी ३० पला उप्रान्त एकादशी तिथी प्रारम्भ  हुनेछ । कृतिका नक्षत्र ४२ घडी ४१ पला उप्रान्त रोहिणी प्रारम्भ हुनेछ । गण्ड योग बयब करण आज बिहान सूर्योदय ५ः२१ मा भयो भने सूर्यास्त ६:५८ मिनेटमा हुनेछ । आज आइतवार चन्द्रमा मेष राशिमा ।

मेष राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुनुका साथै लेखन शैलीमा समेत कमी आउनेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। 

वृष राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुने देखिन्छ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ।

मिथुन राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । विद्यामा बाधा आउनुका साथै दाजुभाइमा थोरै कुरामा वादविवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।

कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। लामो दुरीको यात्राको योग रहेको छ। धनमाल जोडिने छ । आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।

सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । सञ्चित धनको नाश हुने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। विश्वास गरेका साथीभाइबाट मनमुटावको सिर्जना हुनेछ। सजग रहनुहोला।

कन्या राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । भोजभतेरमा सहभागी हुने याेग छ । स्वास्थ्यमा सुधार भएर जानेछ। पारिवारिक सहयाेगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।

तुला राशि
अधुरा काम पूरा भएर जाने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुनेछ। लेखन शैलीमा तीव्रता आउनुका साथै सामाजिक उत्तरदायित्व बढेर जानेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

वृश्चिक राशि
श्रीमान श्रीमतीबीच माधुर्यता छाउने छ । अध्ययनमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। आकस्मिकरुपमा धनलाभ मिल्नुका साथै हराएका सामान भेटाउने योग छ।

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । चोटपटकको सम्भावना रहेकाले सजगता अपनाउनुपर्ने देखिन्छ । धार्मिक कार्यमा बाधा आउनुका साथै झुटा आरोपको सामना गर्नुपर्नेछ। 

मकर राशि 
गरिरहेका काममा बाधा आउनेछ। राज्यपक्षबाट केही कष्टता पाइने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। 

कुम्भ राशि
धर्म कर्मतर्फ मन जानेछ। पठनपाठनमा सफलता पाइने योग छ । नयाँ कार्यको थालनी हुनेछ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। लामो दूरीको यात्राको योग रहेको देखिन्छ।

मिन राशि
आम्दानी र सन्तुलित धनमा वृद्धि भएर जानेछ । परिवारमा माङ्गलिक कार्यको शुभारम्भ हुने देखिन्छ। धनमाल जोडिने योग रहेको छ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ।