२०८२ साल श्रावण ३ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

273 Shares

काठमाडाैं । २०८२ साल श्रावण ३ गते शनिबार, तदनुसार १९ जुलाई २०२५ । नवमी तिथी १९ घडी ४३ पला उप्रान्त दशमी तिथी प्रारम्भ  हुनेछ । भरणि  नक्षत्र ४६ घडी ४९ पला उप्रान्त कृतिका प्रारम्भ हुनेछ । शुल योग बब करण आज बिहान सूर्योदय ५ः२१ मा भयो भने सूर्यास्त ६:५८ मिनेटमा हुनेछ। आज शनिबार चन्द्रमा मेष राशिमा

मेष राशि
जलीय पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । लेखनशैलीमा तीव्रता आउनेछ। साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

वृष राशि
पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ। सौन्दर्यतामा मन जानेछ कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायबाट लाभ मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ । 

मिथुन राशि 
वैदेशिक कार्यमा राम्रै आम्दानी गर्न सकिनेछ। आयमा वृद्धि भएर जानेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । भोजभतेरमा सामेल हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। 

कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। लेखनशैलीमा कमी आउनेछ। । दाजुभाइमा भएको मनमुटावले मानसिक तनाव बढेर जानेछ । सजग रहनुहोला।

सिंह राशि
साझेदारी काममा बाधा आउने देखिन्छ पतिपत्नीबीच कलह बढेर जानेछ। पठनपाठनमा बाधा आउनुका साथै साथीभाइमा समेत कलह बढेर जाने देखिन्छ बोलीमा कठोरता आउनेछ।

कन्या राशि
साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता आउनेछ । बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ।

तुला राशि 
पारिवारिक साथ सहयोगले काममा थप हौसला मिल्ने देखिन्छ । मानसम्मानमा बृद्धि भएर जानेछ । खर्चको मात्रामा कमी आउनेछ। शारीरिक स्वास्थ्यमा सुधार आउनाले मनमा खुसी छाउने छ। 

वृश्चिक राशि 
कुरा काट्नेहरू सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्नेछ । गरिरहेको काममा बाधा आउनुका साथै पारिवारिक मनमुटाव बढ्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ । सजग रहनुहोला।

धनु राशि 
पारिवारिक कलह बढेर जानेछ । मामाघरतर्फ विवाद बढेर जानेछ। पठनपाठनमा बाधा आउनुका साथै जागिरमा अपजसको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता आउने देखिन्छ ।

मकर राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ ।

कुम्भ राशि
चोटपटकको सम्भावना रहेकोले सवारी साधनबाट जोगिनुपर्ने अवस्था देखिन्छ । शैक्षिक कार्यमा बाधा हुनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। 

मीन राशि
न्यायिक कार्यमा बाधा आउनुका साथै पठनपाठनमा ह्रास आउनेछ। दाजुभाइमा कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । साथीभाइमा मनमुटावको सिर्जना हुने देखिन्छ।