२०८२ साल श्रावण २ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

264 Shares

काठमाडाैं । २०८२ साल श्रावण २ गते शुक्रबार तदनुसार १८ जुलाई २०२५ अष्टमी तिथी २५ घडी ५३ पला उप्रान्त नवमी तिथि प्रारम्भ  हुनेछ  । अश्विनी नक्षत्र ५१ घडी २ पला उप्रान्त भरणी प्रारम्भ हुनेछ । सुकर्म योग तैतिल करण आज बिहान सूर्योदय ५ः२० मा भयो भने सूर्यास्त ६:५८ मिनेटमा हुनेछ। आज शुक्रबार चन्द्रमा मेष राशिमा ।

मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । मानसम्मान पाइने योग छ । लेखनशैलीमा तीव्रता आउनेछ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुनेछ।

वृष राशि
पारिवारिक कलह बढेर जानेछ । दाजुभाईमा पैत्रिक सम्पत्तिको विषयमा वादविवादको सृजना नहोला भन्न सकिँदैन । झुटा आरोपको सामना गर्नु पर्ने देखिन्छ सजग रहनुहोला।

मिथुन राशि
पराक्रम बढेर जानेछ । मानसम्मान वृद्धि भएर जाने देखिन्छ। अध्ययन अध्यापनमा प्राप्त सफलताले मनमा खुसी छाउनेछ। रोकिएका कामहरु सञ्चालनमा आउने देखिन्छ ।

कर्कट राशि
काममा ढिलासुस्ती भएर जानेछ । पारिवारिक कलह बढेर जानेछ। लेखनशैलीमा कमी आउनुका साथै मातृ स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। 

सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सिर्जना हुनेछ । साझेदारी काममा बाधा आउनुका साथै कृषि तथा चौपायाबाट हानी हुनाले मानसिक तनाव बढेर जानेछ। 

कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुनेछ । रोकेका कामहरू पूरा भएर जाने देखिन्छ।

तुला राशि
पारिवारिक सरसहयोगले अधुरा कामहरू पूरा भएर जानेछन् । पराक्रम बढेर जानेछ। बोलीमा मिठास छाउने छ । लेखनशैलीमा तीव्रता आउनुका साथसाथै भोज भतेरमा सहभागी हुने अवसर जुट्नेछ। 

वृश्चिक राशि
गरिरहेको काममा बाधा आउनेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । शेयर कारोबारमा घाटा बेहोर्नु पर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। 

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । मातृ स्वास्थ्यमा शिथिलता आउनेछ। पठनपाठनमा बाधा आउनुका साथै जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ। सजग रहनुहोला। 

मकर राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । मानसम्मानमा वृद्धि हुनुका साथै पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिनेछ।

कुम्भ राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । बोलीमा मिठास छाउनेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

मीन राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आयमा कमी आउने देखिन्छ । झुट्टा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।